कोरियाले २०१७ सम्ममा २ लाख युवाको लागि रोजगारको सिर्जना गर्ने
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाले सन २०१७ सम्ममा २ लाख युवाहरुको लागि रोगजारको सिर्जना गर्ने भएको छ ।सोमबार कोरिया सरकारले बेरोगजारी बढदैं गएको भन्दैं युवाहरुको लागि भनेर रोजगारको सिर्जना गर्ने भएको हो ।
कोरियामा १५ देखि २९ बर्षसम्मका बेरोजगारी कोरियनहरुको संख्या १०.२ प्रतिशतले जुन महिनाको अन्त्यसम्ममा वृद्धि भएको छ ।कोरिया सरकार युवा बेरोगजार वृद्धि हुदैं गएपछि सोच्न बाध्य भएको हो ।सरकारी र निजी क्षेत्रबाट गरेर नयां कामका खोजीमा रहेका २ लाख युवायुवतीको लागि अल्पकालिन कामको सिर्जना गर्ने सरकारले योजना अघि सारेको हो ।
जसमा ७५ हजारका लागि पुर्णकालिन रोजगारको सिर्जना सरकारी पक्षले गर्नेछ भने बांकी १ लाख २५ हजारको लागि ईन्र्टसिपमा निजी क्षेत्रबाट रोजगारी दिलाउने तयारी गरेको कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ ।निजी क्षेबले नयां रोजगारको सिर्जनाको लागि सरकारलाई सहयोग गर्ने प्रतिज्ञा गरेको छ ।
त्यसैंबीच हुन्डाई मोटर ग्रुपले बर्षको अन्तसम्ममा ९५ हजारलाई रोजगार दिने जनाएको छ भने एल जि समुहले १२ हजारलाई काम दिने प्रतिज्ञा गरेको छ । अर्थ मन्त्रालयले आगामी बर्षदेखि निजीक्षेत्रमा काम गर्ने कामदारहरुको अवकाश उमेर हदबन्दी ६० बर्षबाट २ बर्ष बढाएको जनाएको छ ।