कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु
दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ ।
तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेला परेको समाचार कोरिया हेरल्डमा प्रकाशित भएको छ ।
पूरक नतिजा अनुसार, यस वर्षको मे सम्म यहाँ १५ देखि २९ वर्ष उमेरका ८४ लाख १० हजार युवाहरु रहेको देखाएको छ । जसमध्ये ४५ लाख २० हजार युवा स्नातक वा सो सरहको अध्ययान गरेको तर हाल कुनैपनि शैक्षिक गतिविधिमा संलग्न नरहेको देखाएको छ ।
विशेष गरी, वेरोजगार १२ लाख ६० मध्ये ५३.८ प्रतिशतले डिग्र वा सो भन्दा उच्च शिक्ष अध्ययन गरेको छ भने ४६.२ प्रतिशतले उच्च शिक्षा वा सो भन्दा कम अध्ययन गरेको पाईएको हो ।
बेरोजगार जनसंख्यामध्ये ४०.९ प्रतिशतले व्यावसायिक तालिम वा रोजगारी परीक्षा, प्रदेश सरकारको परीक्षा, निजामती सेवा परीक्षा र कम्पनी भर्ना परीक्षाको तयारी गरिरहेका थिए । अर्कोतर्फ २५.४ प्रतिशत कुनै पनि जागिर खोज्ने गतिविधिमा संलग्न नरहेको देखाउँछ ।
हाल रोजगारीको अनुभव लिएर विद्यालय वा कलेज नजाने युवाको संख्या ३.९४ मिलियन(३९ लाख ४ हजार) रहेको छ । त्यस्ता व्यक्तिहरूलाई आफ्नो पहिलो जागिर पाउन औसतमा १०.४ महिना लागेको थियो । लगभग ३ लाख २४ हजार व्यक्तिहरू अर्थात ८.४ प्रतिशत सर्वेक्षण उत्तरदाताहरूले काम पाउन तीन वर्ष भन्दा बढी समय लागेको जवाफ दिएका थिए ।
सर्वेक्षणले सहभागिमध्ये ५०.६ प्रतिशले मात्र आफ्नो अध्ययानको विषय संग सम्बन्धित काम गरेको देखाएको छ । कामको अनुभव भएका युवा महिला जनसंख्याको हिस्सा पुरुष युवाको भन्दा बढी देखाएको छ । कामको अनुभव भएका युवा महिलाको संख्या ४५.५ प्रतिशत छ भने पुरुष युवा ४०.७ प्रतिशत मात्र देखाएको छ ।