शेर्पा संघ कोरियाको महाधिवेशन सेप्टेम्बर ३० मा हुने
शेर्पा संघ दक्षिण कोरियाको पाँचौ महाधिवेशन सेप्टेम्बर ३० तारिखमा हुने भएको छ । महाधिवेशन सउल जिहेङ स्थित नागार्जुन गुम्बामा हुनेछ ।
सिप्टेम्बर ३ मा सस्थाको सल्लाहकार तथा कार्यसमितिको अनलाईन बैठकद्वारा सो निर्णय भएको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले बताएका हुन् ।
कोरियन पर्व छुसकको समय पारेर गर्न लाएको उक्त अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुनेछ । साथै संघको बिधान संशोधन पनि हुने अध्यक्ष शेर्पाले बताए । विधान संशोधन गर्न पाँच सदस्यीय विधान संशोधन समिति गठन भएको जनाएको छ । समितिले मस्यौदा तयार गरी महाधिवेशनमा प्रस्तुत गर्ने छ ।
शेर्पा संघले कोरियामा रहेका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।