नेपाल बौद्ध परिवारको ७ औं अधिवेशन सेप्टेम्बर २४ मा हुने
नेपाल बौद्ध परिवार दक्षिण कोरियाको ७ औं अधिवेशन सेप्टेम्बर २४ तारिक आईतबार नागार्जुन गुम्बा जिहेङमा हुने भएको छ ।
कोरियामा रहेका नेपालीहरुको दुख सुखमा साथ दिने धार्मिक तथा सामाजिक संस्था भएकोले सबै मिलेर संस्थालाई अगाडी बढाउन जरूरी रहेको संस्थाका सचिब दावा रिन्जीन लामाले बताए ।
नेपाली दुताबासको संरक्षकत्व, नेपाली सम्पर्क समितिको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको प्रसिद्ध पर्यटकीय योङ्गीन शहरस्थित वाउछङ्गसा गुम्बामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई सन २०१८ मा स्थापना गर्न सफल भएको थियो ।
उक्त संस्था सन् १९९५ मा स्थापना भई धार्मिक तथा सामाजिक रूपमा क्रियाशील संस्था हो ।