सेप्टेम्बर २८ मा रामेछाप सम्पर्क समिति कोरियाको अधिवेशन हुने
सेप्टेम्बर २८ मा रामेछाप सम्पर्क समिति कोरियाको चौथो अधिवेशन हुने भएको छ । सौल स्थित नमस्ते रेष्टुरेन्टमा अधिवेशन हुने समितिले जनाएको हो ।
गत बर्ष नै गर्नुपर्ने अधिवेशन विभिन्न कारणले गर्दा एक बर्ष ढिलो गर्न लागेको हो ।
छुसकको पहिलो दिन हुन लागेको अधिवेशनमा नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीकोशिलशिलामा दक्षिण कोरियामा आएका रामेछाप बासिहरुलाई उपस्थितका लागि समितिले अपिल गरेको छ ।
“प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ” भन्ने मूल नाराका साथ रामेछाप सम्पर्क समितिको स्थापना २०१६ मा भएको हो । स्थापना काल देखिनै संस्थाले कोरिया तथा नेपालमा विभिन्नसामाजिक कार्यहरु गर्दै आएको छ ।