नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
नुवाकोट समाज दक्षिण कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेस्टुरेन्टमा समाजको नवौं अधिवेशन तथा १० औँ वार्षिक साधारण सभा हुन लागेको हो ।
कार्यक्रममा संस्थाको नयाँ कार्यसमिती बनाउने र संस्थाको कार्य प्रगति विवरणका साथै आगामि कार्ययोजना बारे छलफल हुने समाजले जनको छ । सम्पुर्ण पुर्वपदाधिकारी सल्लाहकार र कोरियाबासी नुवाकोटेहरुलाई उपस्थितको लागि समितिले अनुरोध गरेको छ ।
सन् २०१४ मा स्थापना भएको समाजले स्थापना कालदेखि नै कोरिया र नेपालमा आवश्यकता अनुसार विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रम
मिती : 15 अक्टोबर 2023 आईतबार
समय: दिऊसो 12 बजे
स्थान: नेपाली थाई दोंगदेमुन 3 नं गेट अगाडी