काेरियामा गैर आवासीय नेपाली संघकाे समानन्तर समिति गठन
गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन नजिकिदै गर्दा विबाद पनि बढ्दै गएको छ । कोरियामा सोमबार गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन भएको छ ।
विपिन कुमार गुरुङको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष महेश बजगाई र जीत कुँवर छन् । महासचिवमा प्रशान्तराज बानिया, सचिवमा अवदेशराज चौरिसिया छन् । सहकोषाध्यक्ष मदन गौतम, युवा संयोजक अजय सोडारी, महिला संयोजक सोरी रानाभाट छन् । त्यस्तै सदस्यमा युवराज गौतम, नेश शर्मा, अविरल राम बुढाथोकी, विमला सुनुवार र गोविन्द पोखरेल छन् ।
केन्द्रमा पनि दुई बर्ष अघि देखि नै संघको समानन्तर समिति छ । विनोद कुँवरको नेतृत्वमा रहेको समानन्तर समितिले अहिलेसम्म १८ वटा देशमा गैर आवासीय नेपाली संघको समानन्तर समिति गठन गरेको जानकारी जनाएको छ । ‘म कोरियामै भए पनि सहकार्य र मिलेर जाऔं भन्ने हेतुले समिति गठन नगरेको हो । हामीले सबै एनआरएन मिलेर जाने सहमति पनि गरेका हौं । कार्यन्वयन भएन । त्यसैले हामी पनि एनआरएन समिति गठन गर्छौं ।’ कुँवरले भने ।