लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न : अध्यक्षमा मेघप्रसाद वाईवा
लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मेघप्रसाद वाईवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष धिंगल दुरा, उपाध्यक्ष सुक गुरूङ, रोशन गुरूङ रहेका छन् । कार्यसमितिको महासचिब गम गुरूङ छन् भने सचिवमा क्रितिका गुरूङ, कोषाध्यक्ष कमला गुरूङ, सह कोषाध्यक्ष शान्ता तामाङ छन् ।
सदस्यहरूमा रमेश अधिकारी क्षेत्री, हर्क गुरूङ, बिकास गुरूङ, पूर्ण गुरूङ, तपल गुरूङ, तारा गुरूङ, रितु गुरूङ, मिलन गुरूङ, सोमिता तामाङ र राम दुरा रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष वाईवाले सबैले विस्वास गरेर चयन गरेकाेले सबैकाे साथ र सहयाेगले अघि बढ्ने बताए । ‘याे पुरानाे संस्था हाे । काेरियामा भएका सबैलाइ थाहै छ । हामीले विभिन्न सयममा धेरै खाले काम गरिसकेका छाैं । याे कार्यसमितिलाइ पनि पहिले झै सहयाेग हुनेछ भन्ने विस्वास छ ।’ उनले भने ।