एउटा देश टुक्रिएर दुइटा


पाँच वर्ष अगाडि शिक्षण पेशामा आवद्व हुँदाहुँदै छोडेर वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया आइयो । हामीलाई थाहै छ पछिल्लो समय त झन् आफ्नो देश, परिवार सबैथोक छोडेर परदेशिनु पर्ने नेपालीहरुको लागि नियति नै बनिसकेको छ । विदेशमा समय र नियम कानुनको अति नै ख्याल गरिन्छ । सुरुसुरुमा हामीलाई तिनै कुराहरु सङ्ग अभ्यस्त हुन समय लाग्छ ।

मानिसहरु काम गर्ने समयमा काम र त्यसबाहेक बिदाको समयमा मनोरञ्जन गर्ने, साथिभाइ आफन्त सङ्ग भेटघाट गर्ने गर्दछन् । झन् देश छोडेर परदेशिएकाहरुले त एउटै देशमा भएका साथिभाइ, आफन्तहरुलाइ भेट गर्ने, कुनै नयाँ ठाउँको भ्रमण गर्ने उपयुक्त समय भनेकै दुइचार दिनको लामो बिदा हुँदा कै समय कुर्नुपर्ने हुन्छ । मेरो पनि त्यस्तै न हो ।

 

गत बिहिबार सेप्टेम्वर २८ तारिख देखि करिब हप्ता दिन कोरियाको विशेष चाड ‘छुसक’को बिदा थियो । बिदाको समयलाई सदुपयोग गर्दै दक्षिण कोरिया र उत्तर कोरियाको सिमावर्ति क्षेत्र फाजूमा गईयो । त्यहाँ ’इम्जिन’ भन्ने नदि रहेछ । यो क्षेत्रको सिमाना यसै नदिले निर्धारण गरेको रहेछ । उत्तर र दक्षिणी सैनिक क्याम्प त्यही नदिको वारिपारि रहेछन् । जसको दुरी २१०० मिटर छ । नदिको साँघुरिएको ठाउँको चौँडाइ त झन् ४ सय ६० मिटर मात्रै रहेछ । सहमतिमै निर्मित ‘Odusan Unification Observatory’ बाट दुर्विनको सहायताले पारिपट्टि उत्तर कोरियाको गाउँ र मानिसहरुले के गर्दै छन् भन्ने समेत प्रष्ट देख्न सकिने रहेछ ।

यो क्षेत्रमा जान मन लाग्नुको कारण पनि त्यहि थियो।उत्तर कोरिया दक्षिणको तुलनामा अविकसित छ भनेर धेरै पटक सुनिएको थियो । नभन्दै त्यहाँबाट पारी गाउँ हेर्दा वारि दक्षिण भन्दा  खासै बिकास नभएको देखिन्थ्यो। धुलाम्य सडक, धान काट्ने समय भएकाले काटेका धानका मुठाहरु आलिमा राखेको देखिन्थ्यो । मानिसहरु खेतबारिमा काम गरिरहेका देखिन्थे। साँच्चै भन्दा नेपालको ग्रामीण एरिया जस्तै लाग्यो।सायद सहर केन्द्रित बिकास भएरै होला ग्रामीण क्षेत्रको त्यति विकास नभएकै जस्तो अनुमान गर्न सकिन्थ्यो।

दुर्विनको सहायताले उत्तर कोरियाको गाउँ हेरे पछि मनमा विभिन्न प्रश्न आयो । घुम्न आएका कोरियालीले पनि अचम्म मान्दै उत्तर कोरिया लाई हेरेर गरेको कुराकानी सुनेपछि केहि लेख्न मन लाग्यो ।

दोस्रो विश्वयुद्वमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकिमा परमाणुबम खसाल्यो । जापानमा मानवीय क्षेती त भयो नै उसले आफ्नो शक्ति पनि गुमायो । कोरिया पनि त्यही दोस्रो विश्वयुद्धको मार खेपेको जापानबाट ३६ वर्ष पछि स्वतन्त्र भयो । जापानबाट स्वतन्त्र हुँदा कोरिया एउटा थियो । सन् १९४८ तिर नपुग्दै दक्षिण कोरिया र उत्तर कोरिया गरेर कोरिया विभाजित हुने अवस्थामा पुग्यो । सन् १९५० देखि झन्डै तीन बर्ष सन् १९५३ मा दुबै कोरियाले युद्ध गरे । तीन बर्ष पछि यी दुबै देशमा युद्धविराम भयो ।

क्षेत्रफलको हिसाबले नेपालको झन्डै आधा जस्तै भएको दक्षिण कोरिया, विश्वको १२ औँ र एसियाको ४औँ ठूलो अर्थतन्त्र भएको देश हो । झन्डै दक्षिण कोरिया जत्रै उत्तर कोरिया अमेरिका लगायत संयुक्त राष्ट्रसंघले समेत अनेक प्रतिबन्ध लगाउदा पनि शक्तिशाली नै देखिन्छ ।

कोरियाको विभाजनपछि दुई देशको नागरिक आपसमा आवतजावत समेत गर्न पाउँदैनन्, दुबै देशका नागरिकलाइ अर्को देशको यथार्थता बारे बताइदैँन, एकले अर्कोलाइ घृणा भावले हेर्ने गर्दछन् । बेलाबेला आपसमा टकराव हुने गरेको यथार्थ छदैँछ । कहिलेकाहीँ, उत्तर कोरियाली नागरिक चीन हुँदै दक्षिण कोरिया प्रवेश गर्ने रहेछन् । त्यसरी प्रवेश गर्नेलाइ दक्षिण कोरियाली सरकारी तथा गैरसरकारी संघ संस्थाले सुरुमा संरक्षण गर्ने र पछि नागरिकता समेत प्रदान गर्ने रहेछ । जुन कुरा उत्तर कोरियालाइ मन पर्दैन रहेछ ।

यी कुरा सङ्गै अमेरिकी सेनाले आफ्नो सिमानामा दक्षिण कोरियाको सुरक्षाका लागि पहरेदारी गर्नु, विवाद र टकरावको अर्को कारण पनि रहेछ । यसरी दीर्घकालीन रुपमा भावनात्मक असर वर्षौँ जड बनेर बस्दो रहेछ । अझ के सम्म भने,  दुई कोरियाको विभाजनको बेला कैयौँ परिवारहरु त आधा उत्तर तिर, आधा दक्षिण तिर परेका समेत रहेछन् । जुन यथार्थ सन् २०१८ मा तत्कालीन दक्षिण कोरियाली राष्ट्रपति मुन्जे इन र उत्तर कोरियाली नेता किम जोङ उन बिच भएको ऐतिहासिक भेट पश्चात् केही त्यस्ता परिवारलाइ भेटघाट गर्न दिइएको थियो । त्यो बेला सन्चार माध्यमबाट भावविह्वल अबस्थामा करिब ६६ वर्ष अगाडि छुट्टिएका परिवारहरुको भेट भएको तस्विर तथा भिडियो समेत सार्वजनिक भएका थिए ।

Odusan Unification Observatory बाट देखिएको उत्तर कोरिया

सिङ्गो देश, विभाजनकै स्थितिमा पुग्नुमा आन्तरिक तथा बाह्य कारण नहुने कुरै भएन । जापानी उपनिवेशबाट स्वतन्त्र भएसङ्गै सिङ्गो कोरियालाई बाह्य शक्तिले आफू अनुकुल बनाउने रणनीति नै कारक बन्न पुगेको देखिन्छ । हैन भने दर्दनाक उपनिवेश भोगेको एउटा देश, त्यहि उपनिवेशबाट मुक्त्त हुने बित्तिकै विभाजनको अवस्थामा किन पुग्दछ त ? यो कुरा दक्षिण कोरियाली नागरिकहरु सङ्ग कुराकानी गर्दा पनि भन्ने गर्दछन। तत्कालिन सोभियत संघ लगायतका कम्युनिष्ट देशहरु उत्तरतिर र अमेरिका लगायत अन्य चाहि दक्षिण कोरियाली पक्षमा लागेका थिए । यसरी यहाँ चाहिँ,  राजनितिक विचारलाई अथवा स्वार्थलाइ प्रधान कारकको रुपमा लिन सकिएला । तर विश्वका सबै यस्ता जुट्ने र फुट्ने लडाइँ, युद्वहरु राजनीति सङ्ग मात्र जोडिएका भने छैनन ।

नेपालको हकमा, दशवर्षे माओवादी जनयुद्व, ०६२/०६३ मा भएको जनआन्दोलन पछि, मधेश विद्रोह भयो । त्यस पश्चात् पनि सशस्त्र र निसशस्त्र सङ्घर्ष गरिरहेका तथा मधेश लक्षित राजनीति गरिरहेका सबै दलहरुलाई भारतको पटनामा बोलाएर भारतीय गुप्तचर विभागले मधेशलाइ १० वर्षे नीतिसहित २०६४ बैशाख २८ गते छुट्टै देश बनाउने प्रस्ताव समेत राखेको रहेछ । यो कुरा पढ्दा अचम्म लाग्यो । यो लेख लेख्न त्यहि कुराले उत्प्रेरित गर्यो ।

त्यतिबेला , देशकै पहिलो गणतन्त्रवादि नेता भनेर चिनिने रामराजा प्रसाद सिंहलाई प्रस्तावित ’मधेश देशको’ राष्ट्रपति बन्न प्रस्ताव समेत राखिएको रहेछ । जुन कुरा उनले ठाडो अस्विकार गरेपछि त्यो योजना तुहिएको थियो भनेर नेपालका कुटनितिज्ञ रमेशनाथ पाण्डेको दुइ पुस्तक ‘राजनिति र कुटनिती’ र ‘ क्रान्ति र प्रतिक्रान्ति’ अध्ययन गर्दा थाहा पाइएको थियो । त्यसो त हालका जनमत पार्टिका अध्यक्ष डा. सिके राउतले समेत आफ्नो राजनीतिको सुरुवाति चरणमा ’स्वतन्त्र मधेशको’ मुद्वा नउठाएका हैनन् ।  अहिले उनि शान्तिपुर्ण राजनीतिमा छन् । पछि उनै गणतन्त्रवादि नेता रामराजाप्रसाद सिंह तत्कालीन एकिकृत माओवादिको तर्फबाट गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको निर्वाचनमा उमेद्वार भए । तर उनलाई आन्तरिक तथा बाह्य शक्तिले गर्दा हराइयो र राष्ट्रपति हुन दिइएन भनिन्छ । उनको ठाउँमा डा. रामवरण यादव पहिलो राष्ट्रपति बने ।

यसरी हेर्दा कुनै देशभित्र बाह्य हस्तक्षेप हुने तथा आन्तरिक युद्वमा फस्ने र निरन्तर अस्थिरता भैरहने कुरा देशभित्रै समस्याहरुको शान्तिपूर्ण समाधान नखोज्नाले भएको देखिन्छ ।  सकेसम्म शासकहरुले दबाउन खोज्नाले र नागरिकले आफ्नो अधिकारको माग गर्दा प्रत्याभुति गराउन नसक्नाले पनि यस्तो स्थिति उत्पन्न हुने रहेछ । त्यो बेला स्वतन्त्र मधेशको’ आवाज उठ्नुलाई खालि राष्ट्रिय अखण्डता विरुद्व धावा बोलिएको भनेर मात्र पनि सोँच्नु हुदैन भन्ने लाग्छ । किनभने कुनै पनि आन्दोलन र क्रान्तिको स्वरुप एकै लयमा बढ्दैन । बरु इमान्दार र सच्चा मधेशी जनतालाई समेत पहाडिया नजरबाट सधैँ भारतीय अथवा बिहारी ट्याग लगाएर हक र अधिकार प्रत्याभुत गर्न नसक्नु नै पो कारक बन्न आएको हुनसक्छ भनेर पनि सोच्ँनुपर्ने हुन्छ । आज २ न. प्रदेशको नाम मधेश प्रदेश छ । त्यो कम्तिमा त्यहि मधेश बिद्रोहप्रतिको सम्मान हो भनेर बुझ्नु उपयुक्त्त हुन्छ ।

अहिले १ न. प्रदेशको नामाकरण बिरुद्वको आन्दोलन चलिरहेकै छ । माथि चर्चा गरिएको जस्तै यी समस्यालाई त्यो दिशामा जान नदिन बेलैमा सम्बोधन हुनुपर्ने देखिन्छ । देशको कुल जनसंख्याको १४% मानिसहरु ( दलितहरु) लाई यो २१ औँ शताब्दीमा समेत मानवीय ब्यबहार गरिदैँन । देशभित्रै दिनहुँ अनागरिक झैँ भएर बाँच्नु परिरहेको छ । मानवीय अधिकार खोज्न अहिले शान्तिपूर्ण माग तथा आन्दोलनहरू भैरहेको छ । यस लाई वेवास्ता गर्दै गयो भने राज्यले भोलि दलितहरुले पनि “यो देश हाम्रो हैन रहेछ, हामीलाई देशभित्रै अर्को देश देखाइदेउ भने”, त्यसको जिम्वेवार को हुने ? यहि राज्य हैन र ?

तसर्थ माथि भनेझैँ बाह्य हस्तक्षेप र प्रयोगको शिकार हुने, देश मजबुत तथा विकसित नहुने र विभाजनको स्थिति सम्म आइपुग्ने कारणहरु मध्ये आन्तरिक कारण सबैभन्दा महत्वपुर्ण हुनेरहेछ भन्ने देखिन्छ । किनभने झिल्को सानो भएपनि त्यसको नियन्त्रण बेलैमा नहुँदा आगोको रुप पनि लिन सक्छ ।

आजको दक्षिण कोरिया २०/२५ हजार अमेरिकी सेनालाइ पालेर आफ्नो सुरक्षाको महसुस गरिरहेछ भने उत्तर कोरिया त्यहि सुरक्षाको हिसाबले आफ्नो शक्ति विश्वसामु देखाइरहेको छ । ७०/७२ वर्ष अगाडि टुटेको एकताको डोरि सम्भवतः पुन जोडिन्छ जस्तो लाग्दैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...