नेफिन कोरिया बुसान शाखाको अध्यक्षमा पुन: परि गुरुङ
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको अधिवेशन सम्पन्न भएको छ । आइतबार किम्हेमा भएको चौथो अधिवेशनबाट पुन: परि गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।
अध्यक्ष परि गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष विशन राई प्रमुख अतिथीको रुपमा सभागि भएका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा NRN ख्याङसाङको अध्यक्ष सुबोध भन्डारी , NCC बुसान शाखाको अध्यक्ष सङ्गित अधिकारी तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका निवर्तमान बरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई लगायतको उपस्थिती थियो । त्यस्तै विभिन्न जातिय तथा क्षेत्रिया संस्थाहको प्रतिनिधीहरु आतितिथीको रुपमा सहभागि रहेका थिए ।
कार्यक्रमको दोश्रो सत्र अर्थात बन्द सत्रबाट नयाँ कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा सम्राट लामा चयन भएको छ । उपाध्यक्षहरुमा दिलिप थापा मगर र अमर लामा रहेका छन् । त्यसैगरी महासचिवमा जय राई र कोषाध्यक्षमा कमला घले रहेका छन् भने सदस्यहरुमा कविराज राई र सन्तोष लिम्बु रहेका छन् ।