लमजुङ परिवारले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने
लमजुङ परिवार दक्षिण कोरियाले गम बहादुर गुरुङको सम्झनामा श्रदान्जली सभा गर्ने भएको छ । आईतबार हुने कार्यक्रम जीहाङको नागार्जुन गुम्बामा हुनेछ ।
संस्थाका अध्यक्ष मेघ प्रसाद वाइबाले दिएको जानकारी अनुसार बिहान साढे १० बजेबाट लामाले मृतकको नाममा मोलाम पूजापाठ गरेर कार्यक्रम सुरु गर्ने छन् । पूजापाठ एक घण्टा चल्ने छ । दिउँसो १२ बजे देखि श्रदान्जली सभा हुनेछ ।
‘दक्षिण कोरियामा रहेका हामी नेपालीहरुको अभिभावक नेपाली राजदुतावास सौल लगायत विभिन्न संघसंस्थाहरु गैर आवासीय नेपाली संघ NRNA,गण्डकी प्रदेश समाज, नेपाली सम्पर्क समिती NCC, नेपाल आदिवासी जनजाति महासंघ, तमु धीं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ Fonij, पुर्वन्चल सरोकार समाज ,नेपाल पत्रकार महासंघ लगायत कोरियामा रहेका सम्पुर्ण नेपाली समुदाय र लमजुङवासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई हामीले उपस्थितिको लागि अनुरोध गरेका छौं। यद्यपि हामीले श्रद्धाञ्जली सभा कार्यक्रमका विषयमा जानकारी गराउने क्रममा कहि कतै छुट्न गएमा यसै सुचनालाई आधार मानी कार्यक्रममा उपस्थितिका लागि सम्पुर्णमा पुनः हार्दिक अपिल गर्दछौं। ‘ लमजुङ परिवारले एक विज्ञप्ति मार्फत कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेको छ ।
मृतक गुरुङ लमजुङ परिवारका महासचिव हुन । अक्टोबर ४ मा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । उनको सब शुक्रबार नेपाल पठाएको लमजुङ परिवारले जनाएको छ ।
मिति : 2023 अक्टोबर 15 आईतवार
स्थान :नेपाल बौद्ध परिवार को कार्यालय(पुरानो नागार्जुन गुम्बा Ibk bank building지행역