नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्षमा बि बि स्याङतान
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा भएको अधिवेशनबाट बुद्धि बहादुर तामाङ(बिबि स्याङतान) अध्यक्षमा चयन भएको छ ।
संस्थाका अध्यक्ष राम कुमार गौतमको सभाध्यक्षमा अधिवेशन कार्यक्रम भएको थियो । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान तामाङ प्रमुख आतिथीका रुपमा सहभागि भएकी थिइन् । कार्यक्रम सञ्चालन संस्थाका सचिव सुरेश भट्टले गरेका थिए ।
२० सदस्यीय नवौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्षमा सुनिल रिजाल र सुरेश भट्ट रहेका छन् । सचिवमा नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना तथा सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् । सदस्यहरुमा भने उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकोटा, सुप्रिम रत्न लामा, सविता तामाङ, श्रीकृष्ण सिलवाल र प्रदीप पाठक चयन भएका हुन् ।