Advertisement
SKIP THIS

घेदुङ कोरियाले गर्ने अन्तरक्रियाको दोश्रो शृङ्खलामा मानवशास्त्री डा. मुक्त सिं तामाङ


नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मानवशास्त्री डा. मुक्त सिं लामा (तमाङ) सँग अन्तर्कृया गर्ने भएको छ । घेदुङले सुरु गरेको ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) भन्ने अन्तरक्रिया कार्यक्रमको दोश्रो शृङ्खला यही अक्टोवार २८ तारिखमा हुनेछ ।  

डा. तामाङसँग ‘तमाङहरुको आदिम थालो’ बिषयमा अन्तर्कृया  गर्ने कार्यकम संयोजक केशवमान तामङले फोनिज कोरियालाई बताएका हुन् ।  

डा. तामाङले कर्नेल युनिभर्सिटीबाट ‘हिमालयन इन्डिजेनिटीः हिस्ट्रीज, मेमोरी एन्ड आइडेन्टिटी एमंग तामाङ इन नेपाल’ (‘Himalayan Indigeneity: Histories, Memory and Identity Among Tamang in Nepal’) शीर्षकको मानवविज्ञानमा पीएचडी गरेका छन् । उनले सामाजिक समावेशीकरण, आदिवासी जनजाति र अन्य बहिष्कृत र अल्पसंख्यक समुदायको क्षेत्रमा धेरै अनुसन्धान अध्ययनहरू सञ्चालन गरेका छन्। यस सम्बन्धी धेरै लेख, पुस्तक तथा जर्नलहरू प्रकाशित भएका छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै शोधपत्रहरू प्रस्तुत गरेका छन्। हल उनी त्रिभुवन विश्वविद्यालय मानवविज्ञान विभागमा प्राद्यापक छन् ।  

प्रत्येक महिनाको अन्तिम शनिबार हुने कार्यक्रम घेदुङ कोरियाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सुन्न र हेर्न सकिने छ ।

घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...