Advertisement
SKIP THIS

ईपीएस कामदारलाई कोरियामा कडा नियम, तोकिएको क्षेत्रमा मात्र काम गर्नुपर्ने


दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिनेछ ।

यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा तीन पटक सम्म कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बााढिएको छ ।

१- ख्याङ्गी, सोल र ईन्छन क्षेत्र (수도권 : 서울 ,경기,인천)
२- बुसान, उल्सान र ख्याङ्नाम क्षेत्र (경남권:부산,울산,경남)
३-थेगु, ख्याङबुक र खाङवान क्षेत्र (경뷱강원권:대구,경북,강원)
४-ख्वाङ्जु, जेजु, छल्ला नाम्दो र छल्लाबुक्दो क्षेत्र (전라제주권:: 광주,제주,전남 전부)
५-थेजन, सेजोङ, छुङछन नाम्दो र छुङ्छन बुक्दो (충청권:새종,충남,추북)

अबदेखि कामदारले आफू आएको क्षेत्रमा मात्रै कार्यस्थल फेर्न सक्नेछन् । यस्तो नियमलाई प्रवासी मजदुर युनियन एमटियूले भने विरोध गरेको छ ।

विदेशी कामदारलाई बढी सुविधा दिनुपर्नेमा झन् कडा कडा नियम ल्याएर बँधुवा मजदुरको रुपमा व्यवहार गर्दै आएको एमटियूले जनाएको छ । पहिलेदेखि नै कार्यस्थल परिवर्तन गर्दा रोजदाताको अनुमति चाहिने गर्दछ । दक्षिण कोरियामा ईपीएसमार्फत झन्डै ५० हजार कामदार काम गरिरहेका छन् । नेपाल, श्रीलंका, बंगालादेश लगायत १६ वटा देशबाट कामदार ईपीएसमार्फत कामदार कोरियामा आउँछन् ।

कोरियाली सरकारले गत जुलाईमै यस्तो नियम ल्याउने निर्णय गरेको थियो । मजदुर युनियनहरुको विरोधका कारण सेप्टेम्बरबाट नै लागू गर्ने नियम केही समय रोकिएको थियो । अहिले ईपीएसमार्फत कोरियामा काम गर्ने कामदारको संख्या चार लाखको हाराहारीमा छ ।

नयाँ नियम बारे एमटियू अध्यक्ष उदय राई

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...