Advertisement
SKIP THIS

बिरामी रियाले पाईन् वन्जु मुन्माक मैत्री समाजबाट पाँच लाख वोन आर्थिक सहयोग


कोरियामा रहेका उपचारार्थ रिया लामिछानेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हाल Shinchon Yeonsei Hospital (신촌연세병원) मा उपचार गराउँदै स्वास्थ्य चुनौतीका साथमा जीवनको कठिन समय बिताईरहेकी उनलाई वन्जु मुन्माक मैत्री समाजले सान्तवना स्वरुप आर्थिक सहयोग प्रदान गरेको हो । समाजले आफ्नो कोषको पाँच लाख कोरियन वोन बिरामीको खातामा सिधा ट्रान्सफर गरिएको हो ।

सन् २०१३ मा GKS मार्फत बिद्यार्थी भिसामा दक्षिण कोरियामा आएकी रिया जटिल स्वास्थ्य समस्याका बाबजुद पनि केहि बर्ष आफ्नो र घरपरिवारको खर्चमा उपचार गराईरहेकी उनलाई पटक-पटकको शल्यक्रिया र औषधि उपचारको लामो प्रक्रियाले चरम आर्थिक अभावमा धकेलेपछि सहयोगको अपिल गरेकी हुन् । उनको जीवन रक्षाका लागि आफ्नो ठाउँबाट आर्थिक सहयोग गरिदिनुहुन कोरियाबासी सम्पूर्ण महानुभावहरुमा अपिल गरिएको छ ।

सहयोगका लागि बिरामी स्वयंको खातामा सहयोग हुने विवरण यसप्रकार छ ।

बैंक : IBK BANK
खाता नम्बर : 289-093612-01-017
खातावालको नाम : Lamichhane Jhuma
सम्पर्क नं. : 010-2525-7460

संस्थागत उद्धेश्य अनुरुप दुःखको बेला मानवीय संवेदनामा रहेर समयसापेक्षित समाज सदैव तत्पर रहेको समाजका अध्यक्ष विष्णु खत्रीले बताउँदै यसअघि बिरामीहरु लाल बहादुर बोहरा (प्रतिक) र पार्वती तामाङलाई समाजले आर्थिक सहयोग गरिसकेको सन्दर्भ उल्लेख गरे । “प्रवासमा हाम्रो एकता, सुख दुःखमा आपसी सामिप्यता” भन्ने मूल नारा सहित स्थापना भएको समाजले विभिन्न कार्यक्रम समेत आयोजना गर्दै समाजलाई चलायमान गराउँदै आइरहेको सन्दर्भ महासचिव सुवास ठकुरीले स्पष्ट पारे ।

शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यो दुःखद घडीमा समस्त मनकारी व्यक्तित्वहरुमा सहयोगमा जुट्नुहुन वन्जु मुन्माक मैत्री समाजले हार्दिक अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...