नेपाल कोरिया कुटनैतिक सम्वन्धको ५० औं बर्षगाँठ, सोलमा अन्तक्रिया कार्यक्रम सम्पन्न
नेपाल–कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा नेपाल कोरिया संसदीय समितिले अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार सोलमा भएको कार्यक्रममा नेपालबाट आएका नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रकी विना मगर र नेपाली कांग्रेसका प्रदिप पौडेल सहभागि भएका थिए ।
अन्तरक्रियामा राष्ट्रिय सभा संस्कृति, खेलकुद तथा पर्यटन समितीको अध्यक्ष ली साङ होनले नेपाल कोरिया सम्वन्ध सधै अटुट रहेको बताएका थिए । त्यस्तै संसदीय समितिकी ली युन यङले नेपालबाट आएका कामदारले लामो समय कोरिया बसेर यहाँको सिप र संस्कृति नेपाल लिएर गएको बताएका थिइन् । उनले यो बर्ष नेपालबाट सबै भन्दा बढि कामदार रोजगार अनुमति प्रणाली ईपिएस मार्फत कोरिया आएको बताईन् । डिसेम्बरसम्म २० हजार भन्दा बढि नेपाली कोरिया आउने छन् । उनीहरुले यहाँ सिकेर जाँदा कोरियाली जीवन संस्कार लैजाने गरेको बताईन ।
नेपालबाट आएका प्रदिप पौडेलले ईपिएस मार्फत आएका नेपाली कामदारले पनि घर जाँदा पेन्सनको व्यवस्था गर्नु पर्ने माग राखे । उनले अन्य देशका कामदारले पाएको पेन्सनको व्यवस्था नेपाली कामदारले अहिलेसम्म पाउन नसकेको बताए । कामदारले दुःख गरे बापत पाउने सुविधाका लागि पहल गरि दिन आग्रह गरे । साथै उनले कोरियाली पर्यटक नेपाल जाँदा कम खर्च मै विश्वको उत्कृष्ट गन्तब्यको रुपमा रहेको नेपाल घुम्न सक्ने पनि बताए ।
सोही कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत ज्योती प्याकुरेलले कोरियाले नेपालाई धेरै कुरामा सहयोग गरेको बताईन । कोरियाले विकास छोटो समयमै गर्न सकेको उदाहरण नेपालको लागि अनुकरणीय हुने बताईन् । साथै नेपालका उत्पादन भएका विभिन्न सामानलाई कोरिया ल्याएर बेच्न सके राम्रो हुने धाराणा राखिन् ।
कार्यक्रममा कोरियामा रहेका नेपाली र कोरियाली विभिन्न संघसंस्थाका प्रतिनिति उपस्थित भएका थिए । नेपाल र दक्षिण कोरिया वीच सन् १९७४ मा कुटनैतिक सम्वन्ध स्थापित भएको थियो ।
फोटो श्रोत : राजकुमार स्याङतान