Advertisement
SKIP THIS

सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार


दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।  

कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तात, श्रीलङ्का, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकस्थान, कम्बोडिया सहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ । 

कोरियाली सरकारले हरेक बर्ष मजदुर नीति निर्धारण समिति मार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजवदुर र उद्यौगीहरुको प्रतिनिधिहरु सहभागी हुन्छन् ।  सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार कामदार मध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना आउने छन् । कामदार मध्ये २१ हजार ४ सय ६० जना कोरियामा एक कार्यअवधि काम गरेका कमिडेड कामदार हुनेछन् । एक बर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा कमिटेड कामदारको रुपमा डाक्न सक्ने नियम रहेको छ । कोरियाली भाषा परिक्षा गरेर पहिलो पटक कोरिया आउने नयाँ कामदारको रुपमा रहने छन् ।  

कामदार मध्ये उत्पादन क्षेत्रमा ९५ हजार जना कामदार आउनेछन् भने कृषि क्षेत्रमा १६ हजार जना कामदार कोरिया आउन पाउनेछन् । पानी जहाज ५ हनार निर्माणमा ६ हजार, सर्भिस क्षेत्रमा १३ हजार कामदार कोरिया आउनेछन् । त्यस्तै २० हजार कामदार भने माग बढि हुने क्षेत्रमा यहाँ ल्याउने गरि कोटा निर्धारण गरिएको छ । कोरियाली सरकारले पहिलो पटक ईपिएस मार्फत नै रेष्टुरेन्ट, होटेल, मोटेल र वनजंगल कटानी गर्ने जस्ता क्षेत्रमा पनि कामदार ल्याउने भएको छ । 

यो बर्ष तोकिएको २०२३ मा १ लाख १० हजार कामदार कोटा तोकिएकोमा हालसम्म ९८ हजार कामदार कोरिया आएका छन् । यस मध्ये नेपाली कामदार सबै भन्दा बढि २० हजार जना कोरिया आएका छन् । हालसम्म नेपाल लगाएत ईपिएस मार्फत काम गर्न कोरिया आएका कामदारको संख्या ३ लाख ५ हजार रहेको छ भने नेपाली कामदारको संख्या ५० हजार भन्दा बढि छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...