नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला कुम्मयाक गाउपालिका, धादिङ्ग जिल्लाको दुई गाउपालिका ज्यालामुखी, त्रिपुरासुन्दरी गाउपालिका र धनकुटा जिल्लाको छथर गाउं पालिकासंग भगिनी सम्बन्ध कायम भएको छ ।
भेटघाट कार्यक्रममा नेपालको तर्फबाट पांचथर जिल्ला कुम्मयाक गाउपालिकाका अध्यक्ष बम प्रसाद लावती, धादिङ्ग जिल्लाको ज्यालामुखी गाउं पालकिाका अध्यक्ष याम नाथ दनाई, त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रती र धनकुटा जिल्ला छथर गाउं पालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले र शोजेएम कम्पनी कोरियाका सिईओ वाङ्ग जिमिनले भगिनी सम्बन्धको एमओयुमा हस्ताक्षर गरेका थिए ।
कोरिया र नेपाल बीचको सम्बन्धलाई प्रगाढ पार्दे दुई देश बीचको संस्कृती आदान प्रदान र नेपालको कृषि, स्वास्थ्य,शिक्षा निमार्ण विकास कार्यमा समन्वय गर्ने भगिनी सम्बन्धको एमओयुमा उल्लेख रहेको छ ।
थप तस्विर