Advertisement
SKIP THIS

कोरियन बौद्ध गुरु भिक्षु जासुङ्गद्वारा स्वेच्छिक देहत्याग


कोरियन बुद्धिजमको सबै भन्दा ठुलो संस्था “जोगे अर्डर”को दुई कार्यकाल प्रमुख भएका भिक्षु जासुङ्ग (자승스님)ले गत नोभेम्बर २९ का दिन स्वेच्छिक देहत्याग गरेका छन् ।  

33~34औं(2009~2017) मा जोगे अर्डर सम्हालेका भिक्षु जासुङ्गले भगवान बुद्धलाई चढाउने बिस्वास अनुसार आफ्नो शरिरम आगो लगाएर स्वेच्छिक देहत्याग(소신공양) गरेका हुन् । यस खबरले कोरियन बौद्ध मार्गी मात्रै नभै अन्य धर्मगुरु सहित सम्पुर्ण कोरिया बाशी नै स्तब्ध भएको जनाएको छ ।  

आफ्नो देहत्याग्को कारणले सकभर अरु कसैलाइ दुख नहोस भन्ने हैसियतले प्रसस्त प्रमाणहरु समेत छोडेर गएको तथ्यहरु जोगे अर्डरले पुष्टि गरेको जनाएको छ।

बुद्धिस्ट परम्परा अनुसार सउल जोगेसा गुम्बामा राखिएको ५ दिने श्रद्धाञ्जली कार्यक्रमलाई डिसेम्बर ३ तारीख दिनको १२ बजे सकाएर ग्यङ्गिदो ह्वासङ्ग सिटि स्थित योङ्जु टेम्पलमा बौद्धिस्ट परम्परा अन्तर्गत दसौं हजार अनुयायीहरु बिच अन्त्येष्टि (다비식) गरिएको छ।

एन. आर. एन. ए. दक्षिण कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाका अनुसार गुरु भिक्षु जासुङ्गले नेपाललाई विभिन्न तबरले सहयोग गरेको जनाएको छ ।  

सिटौलाका अनुसार २०१२ मा एन आर एन कोरिया द्वारा “Visit Lumbini २०१२” लाई प्रचार प्रसार गर्ने र भगवान बुद्धको जन्म थलो बारे निकालिएको भ्रमलाई चिर्न बनाइएको डकुमेन्ट्री फिल्म(निर्देशक:सरोज महतो) “Buddha was born in Nepal”मा स्पष्ट रुपमा “बुद्ध लुम्बिनि नेपालमै जन्मिनु भएको थियो”भनेर उद्घृत गरेर नेपाललाई ठुलो गुण लगाएका थिए । सोभन्दा अगाडि आधिकारिक रूपमा अरु कुनै पनि प्रमुख गुरुहरुले नभनेको उनको दावी छ । 

सन २०२०-२-७ मा ग्यङ्गिदो उइरे सिटि स्थित साङ्वल गुम्बानजिक(상원선언) हिउंदको जाडो मौसममा ९ जना गुरुहरुसहित टेन्टमा ९० दिनको कठोर ध्यान(동안거-दिनको एक छाक मात्रै खाएर, नबोली,नसुती, ननुहाई, कपडा पनि नफेरी) पूरा गरेको थियो । 

“त्यस पश्चात् बुद्धिजमलाई समय सापेक्षरुपमा सुधारेर बुद्धको ज्ञान बाढ्नु पर्छ र बाढौं “부처님법전합시다”भन्ने त वहांको स्लोगन नै थियो।” सिटौलाले आफ्नो सामाजिक  सञ्जालमा लेखेका छन् । सोही ठाउँमा बृहत् योजना सहितको गुम्बा र ब्याबहारिक बुद्धिजम सिकाउने योजनाको प्रचार प्रसार स्वरुप गत २०२३-२-९ देखी बुद्धको जन्म थलो देखि निर्बाण सम्म पर्ने ८ पबित्र स्थलको ४३ दिन सम्म ११६७ कि.मि पद यात्रामा कोरियाका प्रमुख तीन गुम्बाका १०८ भिक्षुहरु सहित हजारौं अनुयायीहरु लिएर नेपाल र इन्डियाको तिर्थ यात्राको अगुवाई गरेका थिए ।

यस्तै कोरियाली माझ पनि बुद्धिजमको बिकाशका लागि युनिभर्सिटी तहका बिध्यार्थी तहबाटै विभिन्न योजनाहरु बनाएर एउटा छुट्टै बिभाग नै बनाएर १० बर्ष यसमा लाग्ने योजना पनि रहेको थियो । 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...