सोलुखुम्बु सेवा समाजले चोमोलोङ्मा सांगितिक सौगात गर्ने


प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले सलनालकाे दाेस्राे दिन फेब्रुअरी १० तारिखमा “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” गर्ने भएकाे छ । आईतबार साैलमा कार्यक्रमकाे पाेस्टर सार्वजनिक गर्दै समाजले सविन राई लगाएतकाे कलाकार आउने पनि जनाएकाे छ ।

सांगीतिक कार्यक्रमकाे लागि पप गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त कलाकारहरु गायिकाद्वय मनिता राई, सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै काेरियामै रहेका कलाकारहरुका प्रस्तुति रहने जनाएकाे छ ।  “नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजकाे स्थापना भएकाे हाे ।

पाेस्टर सार्वजनिक कार्यक्रम देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेकाे थियाे ।  सन् २००३ मा स्थापना भएकाे समाजले कोरिया र नेपालमा विभिन्न प्रकारकाे सामाजिक कार्यहरू गर्दै अाएका छ ।  “चोमोलोङ्मा सांगितिक सौगात भाग -४”कार्यक्रम लाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर तयरी तिव्र रुपमा अघि बढिरहेको समाजका अध्यक्ष राजु राईले जनाएका छन् । ‘याे साेलुकाे मात्रै हाेइन काेरियामा रहेकाे सबै नेपालीकाे लागि गर्न लागेकाे कार्यक्रम हाे । सबैले सहयाेग गर्नु हुन्छ भन्ने विस्वास लिएका छाैं ।’ उनले भने ।

तस्बिरहरु

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • आइतवार चासोक तङनाममय बन्यो सौल कोरिया
  • कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...