किरात याक्थुङ चुम्लुङ बुसानले डिसेम्बर २४ मा चासोक तङनाम मनाउने
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले गायक साहिल लिम्बूको साथमा लिम्बु समुदायको चाड चासोक तङनाम शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ। यहिँ डिसेम्बर २४ तारिख आइतबार 가야 대학교 किम्हेमा चासोकको लागि सम्पूर्ण तयारी भइसकेको अध्यक्ष सञ्जोग कन्दङ्वाले जानकारी गराएका छन्।
गायक साहिलको साथमा गायक सुमन लिम्बू, अर्जुन सुब्बा, हेमन्त गुरुङ मन्दिरा नेम्बाङ राज लिम्बू, बिमन्ता लिम्बू र सदेश लिम्बूको पनि प्रस्तुती रहने छ। सांगीतिक मनोरञ्जनका साथ साथै लिम्बू मौलिक परिकारहरु पनि रहने छ भने केलाङ यालाङ जस्ता लिम्बू मौलिक नाचपनी रहने आयोजकले जनाएको छ।
हरेक वर्षको मंसिर पूर्णिमाको दिन मनाइने चासोकमा पाकेको नयाँ अन्नबाली सर्वप्रथम पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ। चुम्लुङ बुसान शाखाले गतवर्ष सुनिता थेगिमको साथमा चासोक मनाइएको थियो।