डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने
दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ।
द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भाले फोनिज कोरियालाई जानकारी गराएका छन्।
लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ। गतवर्ष गायक वुद्धराज लिम्बूको साथमा चासोक तङनाम मनाएको थियो।