Advertisement
SKIP THIS

कलेजको प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि सरकारविरुद्ध मुद्दा दायर


दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षामा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि सरकारविरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयमा भर्ना पाउन लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका हुन् ।

सरकारविरुद्ध करिब ३९ विद्यार्थीले मङ्गलवार मुद्दा हालेका हुन्। देशको राजधानी सोलस्थित एउटा केन्द्रमा कोरियाली भाषाको परीक्षा सकिएको जनाउ दिने घण्टी समय नभई बजेको उनीहरूको दाबी छ।

दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षालाई छोटकरीमा ‘सन्यङ’ भनिन्छ। यसमा विद्यार्थीहरूले विभिन्न विषयमा एकपछि अर्को गर्दै निरन्तर आठ घण्टा लामो जाँच दिनुपर्छ। गत नोभेम्बरमा सम्पन्न परीक्षामा ५० लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

विश्वभरि लिइने सबै परीक्षामध्ये सन्यङलाई कठिन मानिन्छ। कोरियाली समाजमा यो परीक्षाको ठूलो महत्त्व छ। यो वर्षको प्रवेशपरीक्षाको नतिजा भने गत डिसेम्बर ८ मा प्रकाशित भइसकेको छ।

परीक्षाको क्रममा केही विद्यार्थीले तत्काल आपत्ति व्यक्त गरेका थिए। तैपनि निरीक्षकहरूले आफ्नो कापी खोसेको उनीहरू बताउँछन्।

अर्को विषयको परीक्षा सुरु हुनुअघि शिक्षकहरूले पहिला गल्ती भएको महसुस गरे र खाजा खाने समयमा डेढ मिनेट समय थपिदिए। त्यो समयमा परीक्षार्थीहरूलाई आफ्नो कापीमा देब्रेपट्टि खाली लाइन तान्न मात्र दिइएको थियो तर लेखिसकेको उत्तरमा थपघट गर्न दिइएको थिएन।

योन्हाप समाचार एजेन्सीका अनुसार विद्यार्थीहरूले त्यसपछि आफूहरू दुःखी भएको र बाँकी परीक्षामा ध्यान दिन नसकेको बताएको छ । केही विद्यार्थी त परीक्षा नै छोडेर घर फर्किएको विवरण पनि प्रकाशित भएको थियो ।

मुद्दामा विद्यार्थीहरूको उक्त समूहले प्रतिव्यक्ति दुई करोड वोन (१५,४०० अमेरिकी डलरजति) क्षतिपूर्ति मागेका छन्। त्यो रकम फेरि परीक्षा दिने समयसम्म अध्ययन गर्न लाग्ने खर्च हो।

उनीहरूका वकिलका अनुसार एउटा विषयको परीक्षा निर्धारित समयावधिअघि नै सकिएकाले विद्यार्थीहरूको बाँकी विषयको परीक्षा पनि प्रभावित भएको थियो।

यो परीक्षाबाट विश्वविद्यालयमा पढ्न र पछि जागिर खान पाउने बाटो खुल्छ। यो परीक्षा भविष्यमा हुने सम्बन्धको आधार पनि बन्छ।

प्रत्येक वर्ष एक पटक लिइने यो परीक्षामा विद्यार्थीको ध्यान अन्त नमोडियोस् भनेर विभिन्न उपाय गरिन्छ। परीक्षाको दिन देशको आकाशमा विमान उडान रोकेको थियो भने शेयार बजार पनि ढिलो गरी खुलेको थियो ।

मुद्दा हाल्ने विद्यार्थीहरूका वकिल किम वू-सुले स्थानीय सञ्चारमाध्यमलाई सरकारी निकायले उक्त घटनाबारे क्षमायाचना नगरेको बताएका छन्।

सरकारी प्रसारक केबीएसले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै परीक्षाका दिन उक्त केन्द्रका मुख्य निरीक्षकले समय हेर्न गल्ती गरेको आफ्नो विवरणमा जनाएको छ।

परीक्षा सकिएको जनाउ दिने घण्टी चाँडै बजेको भनेर मुद्दा परेको यो पहिलो पटक भने हैन।

गत एप्रिल महिनामा सोलस्थित एउटा अदालतले सन् २०२१ को सन्याङ परीक्षामा दुई मिनेट चाँडै घण्टी बजेकाले आफू मर्कामा परेको भन्दै परेको मुद्दामा विद्यार्थीहरूको पक्षमा फैसला गरेको थियो।

अदालतले उनीहरूलाई ७० लाख वोन (५,२५० अमेरिकी डलर) क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...