नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन, अध्यक्षमा आरके पहारी
नेपाली खेलाडी संघ दक्षिण कोरिया गठन भएको छ । सउल दोङदेमुन स्थित दर्शन नमस्तेको सभा हलमा आईतवार भएको कार्यसमिति घोषणा कार्यक्रम मार्फत आरके पहारी श्रेष्ठको अध्यक्षमा संघको पहिलो कार्यसमिति चयन भएको हो ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल’ भन्ने मूल नाराका साथ स्थापना भएको यस संघको महसचिवमा बिक्रम बज्यू तामाङ छन् भने सचिवमा जमन सिं गुरुङ रहेका छन् । त्यसैगरी कोषाध्यक्ष सागर गुरुङ तथा सदस्यहरुमा राम ब. थोकर, लक्ष्मण थोकर,सुर्य गुरूङ, थमन पुन, रमेश क्षेत्री रएका छन् ।
संघको संरक्षणमा विपिन गुरुङ रहेका छन् भने बरिष्ट सल्लाहकार ब्रो. तमू तथा सल्लाहकारहरुमा मिलन श्रेष्ठ र चन्द्र तामाङ रहेका छन् ।