फेब्रुअरी १० मा धौलागिरी सांगीतिक सौगात, ख्यातिप्राप्त कलाकारहरुका साथ
सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन ख्यातिप्राप्त कलाकारहरुका साथ धौलागिरी सांगीतिक सौगात भाग – ४ हुने भएको छ । कार्यक्रम 서울시 노원구 화랑로 स्थित 서울 여자 대학교 मा हुनेछ । बाग्लुङ समाज दक्षिण कोरियाले आपतकालीन राहातकोष स्थापनार्थ यस् सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको मातहतमा गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ समाज दक्षिण कोरियाले गर्न लागेको यस्
सांगीतिक कार्यक्रममा गायकहरु राजेश पायल राई, बसन्त थापा, प्रकाश इतराज, गायिकाहरु शान्ति श्री परियार र अनुपा थापा मंगर, हाँस्यकलाकार सुबोध गौतम(एदुमे), प्रस्तोताको रुपमा गायक राजेश वर्देवा लागयत आधा दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरियाका कलाकारहरुको पनि प्रस्तुति रहने छ । साथै अफ ट्युन ब्याण्डको पनि प्रस्तुति रहने जनाएको छ ।
यसै कार्यक्रमको तयारी बारे जानकारी दिन आईतवार आयोजक संस्थाले पत्रकार सम्मेलन तथा अन्तर्कृया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बाग्लुङ समाज दक्षिण कोरियाका अध्यक्ष भुमिराज भुषालले सांगितिक कार्यक्रमको हल लयायतको तयारी पुरा भाईसकेको जनाएको छ । साथै धेरै जसो कलाकारहरुको भिषा प्रकृया सकिसकेको र बाँकी १/२ जनाको चाँढै सकिने बताए । “आपतकालीन राहातकोष स्थापनार्थ यस् सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । त्यसैले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले साथ र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।” अध्यक्ष भुषालले अनुरोध गरेका छन् ।
कार्यक्रमको सह-आयोजकमा बाग्लुङ समाज दक्षिण कोरिया देकु शाखा रहेको छ । मुख्य प्रायोजक जे आर एफ ग्लोबल रेमिट रहेको छ भने ट्राभल्स पार्टनरमा ड्रिम होरिजोन ट्राभल्स एन्ड टुर रहेको छ । त्यस्तै बैंकिङ पार्ट्नरमा जेबी बैंक सुवन के पि चौलागाई रहेको छ भने प्रिन्ट पार्ट्नर जी प्लस प्रिन्ट रहेको छ ।