नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नेतृत्वमा पुन: ब्रो तमू


नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। निक नेपाल ट्राभल्सको सभाहलमा हिजो सम्पन्न अधिवेशनले ब्रो तमुलाई सर्वसम्मत अध्यक्षमा पुन: चयन गरेको छ। कोरियाको भौगोलिक क्षेत्रलाई आधार मानेर एक क्षेत्रबाट दुइजना प्रतिनिधित्व हुनेगरी कार्यसमिति गठन गरिएको छ्।

 

अधिवेशनले  उपाध्यक्षमा हेमन्त गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र ) उपाध्यक्ष- बिक्रम गुरुङ (छल्लानाम्दो क्षेत्र )महासचिव – राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र ) चयन गरिएको छ। सचिवमा- निरज जंग कार्की (छल्लाबुक्दो क्षेत्र ) कोषाध्यक्षमा मिन आले मगर (ख्याङ्गिदो क्षेत्र) र सह कोषाध्यक्षमा राज कुमार सुनुवार (छन्छननाम्दो क्षेत्र ) रहेका छन्। सदस्यहरुमा मदन दुलाल (ख्याङ्गिदो क्षेत्र ) नरेश शिरिष मगर (गजेदो क्षेत्र ) कमल पुडासैनी (छल्लानाम्दो क्षेत्र ) सरोज अधिकारी (छन्छनबुक्दो क्षेत्र ) बिधान राई (थेगु क्षेत्र ) युमेश गुरुङ (छन्छननाम्दो क्षेत्र) अमित योङहाङ लिम्बु (छल्लाबुक्दो क्षेत्र ) र तेजु गुरुङ (ख्याङ्साङ्गनाम्दो क्षेत्र) चयन भएका छन्।

पदभार ग्रहण पश्चात सभालाई सम्बोधन गर्दै कोरियामा नेपाली समुदायको फूटबल विगतको भन्दा अझ सुदृढ गरेर लाने अध्यक्ष ब्रो तमुले बताएका थिए। साथै फोनिज सँगको संवादमा अब चाँडै फूटबल प्रतियोगिताको लागि निवेदन आव्हान गरिने व्यहोरा पनि जानकारी गराएका थिए।

विभिन्न फूटबल क्लबका खेलाडी प्रतिनिधिहरुको उपस्थिति रहेको अधिवेशनमा जीत गुरुङ, जीबि लामा र मदन राई निर्वाचन मण्डलमा रहेका थिए। कोरोनाको महामारीको कारणले लामो समयसम्म फूटबल महासंघको अधिवेशन हुन सकेको थिएन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...