राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित
दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित देखिन्छ ।
नेपाल कोरिया कल्चर एक्चेन्ज एशोशियन दक्षिण कोरियाको आजोजकत्वमा सिओलको छोङ्गनो ओगा स्थित रहेको पेकचुन्यन किन्यमग्ग्वान हलमा बेलुकीको ४ बजे देदि ९ बजे सम्म हुन गई रहेको उक्त मंगोलियन हार्ट लाईभ कन्सर्टबाट मुनाफा भएको रकम कोरियामा पैसाको अभावमा स्वास्थ्य उपचारमा समस्या आई रहेको नेपालीहरुलाई सहयोग गर्ने उददेश्य रहेको नेपाल कोरिया कल्चर एक्चेन्ज एशोशियन दक्षिण कोरियाका अध्यक्ष अमृत राईले जानकारी दिनु भएको छ ।
दर्शकहरुको विभिन्न किसिमका गीत संगीतको चाहनालाई ध्यानमा राख्दै लाइृभ कन्सर्टलाई थप आर्कषक र मनोरन्जनात्मक बनाउनको लागी नवचर्चित गायिका अस्मिता अधिकारी, द भोईस अफ नेपाल सिजन ५ मा सहभागी जनाएकी नव गायिका सुनिता सन्याक लिम्बुले पनि आ आफनो प्रतिभा पस्कने भएको छ ।
त्यस्तै स्थानिय कलाकारमा द भोईस अफ नेपाल सिजन ४ मा सहभागी जनाई हाल द.कोरियामा रहनु भएका मुस्कान मुकारुङ्ग राईको प्रस्तुती रहेन छ ।