किरात राई यायोक्खा जेजुदोको प्रथम अधिवेशन सम्पन्न नेतृत्वमा कोपिल राई
किरात राई यायोक्खा दक्षिण कोरियाले जेजु प्रान्तमा प्रथम अधिवेशन सम्पन्न गरेको छ। जनवरी २७ तारिख शनिवार सम्पन्न अधिवेशनले कोपिल राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ भने संरक्षकमा सरिता राईलाई नियुक्ती गरेको छ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा मोहन राई उपाध्यक्षमा राज कुमार राई सचिवमा निमेष राई र सह सचिवमा विवेक राई चयन हुँदा कोषाध्यक्षमा सन्दिप राई र, सह कोषाध्यक्षमा जितेन राईले जिम्मेवारी पाएका छन्। सदस्यहरुमा सुवास राई , आसिष राई , पुर्ण राई , सुजन राई , सागर राई , पेसल राई , विकास राई र विपन राई गरी १५ सदस्यीय कार्यसमिती गठन गरेको छ। नयाँ कार्य समितीलाई केन्द्रीय अध्यक्ष पुरण याम्फुद्वारा सपथ ग्रहण गराइएको थियो।
प्रवासी भूमिमा सर सहयोग आइपरेका समस्यालाई समाधान गर्न र आफ्नो भाषा धर्म संस्कार संस्कृतिलाई संरक्षण गर्नको निम्ति समुदायलाई एकिकृत गर्दै जेजुदोमा शाखा विस्तार गरेको अध्यक्ष पुरण याम्फुले बताएका छन्।
संरक्षक सरिता राई संयोजक रहेको कार्यक्रममा केन्द्रीय अध्यक्ष पुरण याम्फू प्रमुख आतिथ्य रहेको थियो भने केन्दृय महासचिव छत्र राई , नेपाल आदिवासी जनजाति महासंघ जेजुदोका अध्यक्ष गजिन हाङ्स्रोङ, गैर आवासिय नेपाली संघ जेजुका अध्यक्ष गोकुल शर्मा लगायत विभिन्न जातिय र क्षेत्रीय संस्थाहरुको अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिती रहेकोथियो।