Advertisement
SKIP THIS

सोनाम ल्होछारको अवसरमा सौलमा बृहत साँस्कृतिक कार्यक्रम, तयारी पुरा


विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गर्ने भएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ ।  

आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गर्न लागेको ल्होछार कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु आउने घेदुङ कोरियाको अध्यक्ष राजाकुमार स्याङतानले फोनिज कोरियालाई बताएका हुन् ।

कार्यक्रममा चर्चित कलाकारहरु उर्गेन दोङ, सुमिना लो, अनु चौधारी लगयतको प्रस्तुति रहने जनाएको छ । साथै दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाइरहेका कलाकारहरु सुर्य रुम्बा, रिच्चा तामाङ ब्लोन, आशिस मोक्तान, प्रतिज्ञा लामा लगायतको गायन तथा नृत्य प्रस्तुति पनि रहने छ ।  

“कार्यक्रमका लागि समुर्ण तयारी पुरा भैसकेको छ  ।” अध्यक्ष तथा कार्यक्रम मुल आयोजक कमिटिका संयोजक समेत रहेका स्याङतानले बताए । “ल्होछार कार्यक्रमलाई भव्य र सभ्य बनाऊनका लागि कोरियामा रहनु हुने बुद्धिजीवी विभिन्न पेशामा आबद्ध व्यापार व्यवसाय ज्यूहरु,सामाजिक अभियन्ता, पत्रकार, विद्यार्थी लगायत सम्पुर्ण कोरियाबासी तामाङ तथा गैर-तामाङ दाजु भाई तथा दिदि बहिनीहरुमा उपस्थित लागि घेदुङले अनुरोध गर्दछु ।” अध्यक्ष स्यङतानले अनुरोध गरे ।  

सन् २००३ मा स्थापना भएको घेदुङको ख्याङ्सान बुसान र जेजु गरि दुई वटा शाखा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...