“खाजी होई ल्होछार” गीत सार्वजानिक
शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ ।
लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अडियो गीत सार्बजानिक गरिएको हो ।
तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङ गरेका छन् ।
तामाङ समुदायको ल्होछार नजिकिदै गरेको अवसर पारेर दर्शक श्रोतामाँझ सार्बजानिक गरिएको उक्त ल्होछार गीतलाई दर्शक श्रोताले मनपराउनेमा आशाबादी रहेको शब्दकार निर योञ्जनले बताए ।