कोरियामा पहिलो पटक क्रिकेट खेल शुरुवात
सोल-कोरियामा क्रिकेट खेलको पहिलो शुरुवात गरिएको छ | कोरियामा अत्यन्तै व्यवस्थित र तीब्र गतिमा चलिरहेको सामाजिक संस्था मोक्पो चौतारीले गत आइतबार कोरियामै पहिलो पल्ट क्रिकेट खेल शुरुवात गरेको हो |
सो दिन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाऊन सफल दक्षिण एसियाकै चर्चित खेल क्रिकेटको संस्थाका कार्य बाहक अध्यक्ष राजाराम चालिसे तथा संस्थाका खेलकुद सह संयोजक याम रानालाई संस्थाका सुभेच्छुक त्रिलोचन अधिकारीले बल र व्याट हस्तान्तरण गरेका थिए |
आफुले आवश्यक सामाग्री ग्रहण गरेपछि बोल्दै संस्थाका कार्यबाहक अध्यक्ष चालिसेले हामी कोरियामा चौतारीले अन्य संस्थाभन्दा बेग्लै पहिचान बनाएको र आगामी दिनमा पनि सबैको साथ आबश्यक रहेको बताए ।
साथै संस्थाका खेल सहसंयोजक याम रानाले फुटबल, भलिबल र क्रिक्रेट पनि रफ्तारतका साथ अगागी बढाउने प्रतिबद्दता ब्यक्त गर्दै सुभेच्छुक त्रिलोचन अधिकारीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । उक्त खेललाई व्याटमा संस्थाका सचिब अरुण सेजवाल र बलिङमा संस्थाका सदस्य सन्तोष सुबेदीले पहिलो बल प्रहार गरि सुरुवात गरिएको थियो ।
चौतारीले कोरियामा यसअघि भलिबल, फुटबल खेलाउंदै आएको थियो भने क्रिकेट खेल हालै थपेको हो | कोरियामा तीन खेल खेलाउने चौतारी पहिलो नेपाली संस्था हो |