ओखलढुंगा सेवा समाजको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: केशव श्रेष्ठ
ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। ओसान स्थित कामना रेष्टुरेन्टमा फेब्रुअरी ९ तारिख सम्पन्न अधिवेशनले पुन: केशव श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ।
अधिवेशनले निर्माण गरेको नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अविरल राम बुढाथोकी चयन हुँदा सचिवमा कुमार थापा , सह सचिवमा दिल राई , कोषाध्यक्षमा रविन तामाङ र सह कोषाध्यक्ष मा रञ्जित गुरुङलाई जिम्मेवारी दिइएको छ।सदस्यहरुमा नवीन , दाहाल गोविन्द खत्री र दीपक खाती रहेका छन्।
पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुख आतिथ्यमा सपन्न अधिवेशनमा विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
पूर्वाञ्चल सरोकार समाजमा आवद्ध संस्था ओखलढुंगा सेवा समाजले सकृय रुपमा रहेर सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ।