पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
पाँचथर सेवा समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट रमेश लावतीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र सेर्मा, उपाध्यक्षमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया चयन हुँदा सचिवमा मचिन्द्र र सह सचिवमा किरण लावती लाई जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा मनिका राई र सह कोषाध्यक्षमा विकेश राज योङया चयन गरिएको छ। सदस्यहरुमा महेन्द्र रहपाल, गोबिन्द लिम्बू, गोबिन्द दुलाल र रोषन बास्कोटा रहेका छन्।
निवर्तमान अध्यक्ष राज चेम्जोङ लिम्बूको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधि एवं जिल्ला बासिको उल्लेख्य उपस्थिती रहेको थियो।