पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा फेब्रुअरी ११ मा सम्पन्न भएको अधिवेशनबाट पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
समितिको बरिष्ठ उपाध्यक्षमा युविन श्रेष्ठ र तिर्थ कुलुङ चयन भएका छन भने उपाध्यक्षमा पासाङ शेर्पा र दिनेश बुढाथोकी, कोषाध्यक्षमा जम्लिङ भोटे, सह कोषाध्यक्षमा पिम्वा नुर्वु भोटे रहेका छन। यसैगरी सचिवमा सुरज कार्की र सह सचिवमागोविन्द अधिकारी चयन हुँदा सदस्यहरुमा सरिता देवान, लामु शेर्पा, बिकाश गुरुङ र तेन्जी शेर्पा रहेका छन्।
- निवर्तमान अध्यक्ष वसन्त घलेको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधि एवं जिल्ला बासिको उल्लेख्य उपस्थिती रहेको थियो।