अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सौलमा फेब्रुअरी ११ तारिख भएको अधिवेशनबाट अर्जुन सेन्दाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
अधिवेसनले वरिष्ठ उपाध्यक्षमा बिजु माबो, उपाध्यक्षमा बिनोद सौदेन , डम्बर ईधिङगो श्रेहाङ लिम्बू र गंगा खतिवडालाई चयन गरेको छ। यसैगरी महिला उपाध्यक्षमा मनिता तामाङ लाई चयन गरेको छ। महासचिब राम कुमार चाम्लिङ , सचिब बिरेन लिङदेन , सह सचिब नविन लिम्बु र राजन सौदेन रहेका छन्। कोषाध्यक्षमा अबर पंन्धाक र सह कोषाध्यक्षमा असिमा सौदेन चयन भएका छन्। सदस्यहरुमा आईन्द्र लिम्बू, रमेश चोङबाङ , मदन ईधिङगो , लक्ष्मण चाम्लिङ राई, आसा सेन्दाङ , छत्र गुरुङ, अनिल पोमु” र दिपेश सेन्दाङ रहेका छन्।
निवर्तमान अध्यक्ष सागर माङ्मुको अध्यक्षता र पूर्वाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष गजेन्द्र सेर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन मा एन आर एन कोरियाका अध्यक्ष वुद्धि गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विशन राई र अन्य संघ संस्थाका प्रतिनिधि एवं जिल्ला बासिको उल्लेख्य उपस्थिती रहेको थियो।