अर्घाखाँची सम्पर्क मञ्चको सातौ अधिवेशन मार्च ३ मा हुने
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको सातौ अधिवेशन आगामी मार्च ३ मा हुने भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टमा हुन लागेको यस अधिवेशनबाट आगामि कार्यकालका लागि नयाँ कार्यसमितीको चयन हुने जनाएको छ ।
आईतवारका दिन ११ बजे बाट संचालन हुने उक्त अधिवेशनमा विभिन्न प्रतिवेदनहरु प्रस्तुत तथा छलफल हुने अध्यक्ष हिमाल खनालले फोनिज कोरियालाई जानकारी दिएका हुन् ।
“सातौ अधिवेशन भव्य रूपमा सफल पार्नको लागि कोरियामा रहनुहुने सम्पूर्ण सङ्घ संस्था का प्रतिनिधि श्रमिक, व्यापारी, विद्यार्थी, वृद्धिजिवी, पत्रकार तथा आम नेपाली जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।” अध्यक्ष खनालले अनुरोध गरे ।
‘प्रवासी भूमिमा हाम्रो एकता, सबै जिलावासीहरुको प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सन् २०१० मा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको स्थापना भएको हो । स्थापना देखी नै नेपालमा आफ्नो जिला र कोरियमा विभिन्न संघसस्थाहरुको सहकार्यमा सामाजिक कार्यहरु गर्दै आएको छ ।