संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहित पूर्वाञ्चल कोरियालाई ज्ञापन पत्र
कोरियामा रहेको सकृय जातिय संस्थाहरु किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ।
पूर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका अन्य संस्थाहरुलाई समेत बोधार्थ रहेको पत्रमा संस्थाको नाम र लेटर प्याडमा सिरिजङ्गा लिपि पनि समावेश गरेर राई लिम्बू याक्खा कोइच – सुनुवार, सुरेल जिरेल, धिमाल, थामी, कोचे, मेचे लगायतको भाषा लिपीमै व्यवहारिक रुपले टेवा पुर्याउन सहयोग गरिदिन पत्रमा उल्लेख गरिएको छ।
ज्ञापन पत्र बुझाए पश्चात फोनिज सँगको कुराकानीमा आफूहरु आशावादि रहेको चुम्लुङ अध्यक्ष दिर्ज काङ्भा र यायोक्खा अध्यक्ष पुरन याम्फुले बताएका छन्।