पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
नेपाली नयाँवर्ष वि सं २०८१ को उपलक्ष्यमा नेपाली सफल चलचित्र “महाजात्रा” सुवनमा प्रदर्शन हुने भएको छ। पाँचथर सेवा समाजको आयोजनामा अप्रील १४ तारिख आइतर हुने प्रदर्शनमा दुइ ओटा शो हुनेछ। सुवन स्थित 수원시 팔달구 행구로 88 को हलमा पहिलो शो विहान १० बजेदेखि र दोश्रो शो दिउँसो १:३० बजेदेखि हुने संस्थाका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन्।
नेपालमा समेत राम्रो ब्यापार गरिरहेको यस चलचित्र अहिले विश्वभरी प्रदर्शनमा छ। चलचित्रलाई दर्शकले औधि रुचाइएको पाइन्छ। महाजात्रामा बिपिन कार्की , हरिबंश आचार्य, रविन्द्र झा, राजाराम पौडेल, बर्षा राउतको अभिनय हेर्न सकिन्छ।
आपतकालिन राहत कोष स्थापनार्थ प्रदर्शन हुन लागेको यस चलचित्रलाई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई हलसम्म आएर चलचित्र हेरिदिन आयोजकले अनुरोध गरेको