दूताबासमा नयाँ उपनियोग प्रमुख आइपुगे
सोल-सोलस्थित नेपाली राजदूताबासमा नयाँ उपनियोग प्रमुखको रुपमा किरण शाक्य आइपुगेका छन् | आज दिउसो आइपुगेका शाक्य यस अघि परराष्ट्र मन्त्रालयको उत्तर पूर्ब एसिया शाखामा कार्यरत थिए |
२०६६ सालबाट परराष्ट्र सेवामा प्रवेश गरेको शाक्यसंग हङकङ महाबाणिज्य दूताबासमा ४ बर्ष रहेर काम गरेको अनुभव छ |
सरकारले निर्धारण गरेको प्राथमिकता नै कोरियामा आफ्नो प्राथमिकता रहेने शाक्यले बताए |