अप्रील २८ तारिख थेगु शहरमा चलचित्र “डिग्री माइला” प्रदर्शन हुँदै

नेपालमा आक्रमक व्यापार गरिरहेको चलचित्र “डिग्री माइला ” कोरियाको थेगु शहरमा प्रदर्शन हुने भएको छ। अप्रील २८ तारिख आइतबारका दिन थेगु स्थित 계명대학교 को हलमा ताप्लेजुङ सम्पर्क समितिद्वारा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो।
“आपतकालिन राहतकोष स्थापनार्थ ” चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष अर्जुन सेन्दाङले जानकारी गराएका छन्। कोरियाको बिभिन्न शहरमा प्रदर्शन भैरहेको चलचित्रमा दयाहाङ राई, आँचल सर्मा, वुद्धि तामाङ, माओत्से गुरुङ लगायतको अभिनय हेर्न सकिनेछ।
थेगु आसपास रहने नेपाली चलचित्र प्रेमीलाई उक्त दिन हलमा आएर चलचित्र हेरिदिन आयोजकले अनुरोध गरेको छ।