चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
जारी फिल्मको अपर सफलता पछि सो फिल्मकै लेखक तथा निर्देशक रहेको उपेन्द्र सुब्बाको अर्को नेपाली कथानक चलचित्र मनसरा देश तथा विदेशमा एकैसाथ बैशाख २१ गते तदनुसार मे ३ तारिक प्रदर्शन हुन गइरहेको छ। कोरियाको विभिन्न सहरहरुमा प्रदर्शन हुने मनसरा ओन्याङ ओन्छनमा मे १२ तारिख प्रदर्शन हुने भएको छ।
धनकुटा सेवा समाज दक्षिण कोरियाले आपातकालिन सहयोगार्थ स्वरुप मे १२ तारिख ओन्याङओन्छन सहरमा प्रदर्शन गर्न भएको छ।
मिठा पानको पातै लर्को
मान्छेमा लोग्ने जातै अर्को
अखबरी तारा झार्छु भन्छ
सिस्नुको बोटमा पनि पो चढ्छु भन्छ,
हराए भनिएकाहरु नभेटिएका मात्र हुन्
हराएकाहरुले नदेखे जस्तो मात्र गरेका हुन …
जस्ता पालामका मिठासपनहरुले दर्शकश्रोताहरुलाई भरपुर मनोरञ्जन मात्र नभै लिम्बु संस्कारका कुराहरु पनि बुझाउने छ।
सो चलचित्रमा कलाकार दयाहाङ राई, नायिका मिरुना मगर, प्रविन खतिवडा मेनुका प्रधान रहेका छन। जारी जस्तो सुपरहिट फिल्म लेखन तथा निर्देशन गरिसकेका उपेन्द्र सुब्बाको मनसरा चलचित्रले पनि राम्रै दर्शक तान्न सक्ने अनुमान गर्न सकिन्छ।
सम्पूर्ण तयारी सकिसके सँगै पहिलो शो १२ बजे र दोस्रो शो २बजे प्रदर्शन गर्ने तय गरिएको कुरा धनकुटा सेवा समाजका अध्यक्ष परदेश राईले जानकारी गराएका छन्।
हल सम्म जानको लागि १ नम्बर लाईनको
온냥온천 역 बाट ८मिनेट जति हिडेर पुग्न सकिन्छ।
주소:- 아산시 청소년 교육문화 센터
आफ्नो सिट शुरक्षित राख्नको लागि अग्रिम टिकट बुकिङ गर्न सकिने छ। टिकट बुकिङको लागि परदेश राई 01049994184 कुमार भट्टराई 01021185295, थर्क लिम्बु 01059589484, प्रदिप सागर 01084469310, सुबास राई 01059416994, धिरेन दर्नल 01084535294 जन्जिर राई 01065025154 र विष्णुलाया मगर 01056320643 लाई सम्पर्क गर्न सकिने छ।