यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रीय समितिले जुन १६ तारिख आइतबार साकेला पर्व आयोजना गर्ने भएको छ। गतवर्ष आयोजना गरिएकै स्थान सुवन स्थित ह्वासमून पार्कमा कार्यक्रम हुने अध्यक्ष पुरन याम्फुले जानकारी दिएका छन्।
‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान साथै राई जातीको मौलिक साकेला सिली नाच, विविध साँस्कृतिक झाँकी एवम मौलिक परिकार र पेयपदार्थहरु रहने आयोजकले जनाएको छ।
प्रत्येक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आएको यायोक्खाले बुसान, जेजुदो, छल्लादो र गजेदो शाखामा आयोजना पश्चात केन्द्रीय समितिले सुवनमा मनाउँदै यस वर्षको उभौली साकेलाको समापन गर्ने भएको छ।
कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरू, विद्यार्थी , व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागि निमन्त्रणा गरिएको छ।