यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने


माननिय यूवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठ कोरिया भ्रमणमा आउने भएका छन्। यहि जुन २८ तारिख देखि एक हप्ते कार्यक्रम लिएर उच्च स्तरीय टोली सहित माननिय श्रेष्ठ दक्षिण कोरिया आउन लागेका हुन्।

दक्षिण कोरियाको संस्कृती तथा खेलकुद मन्त्रालय र “कोईकाको ” निमन्त्रणामा दक्षिण कोरिया आउन लागेक हुन्। भ्रमणका क्रममा युवा तथा खेलकुद मन्त्री श्रेष्ठले कोरियाको संस्कृती तथा खेलकुद मन्त्री यु ईन छोनसंग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा दुई देश बीच खेलकुदको विकास तथा अन्य विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको कोरियाका लागी नेपाली दूतावासका उपनियोग प्रमुख पुष्प राज भट्टराईले फोनिज कोरियालाई जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले जुन ३० तारिख आईतबारको दिन भेटवार्ता एवम संवाद कार्यक्रमपनि आयोजना गर्ने भएको छ। सिओलको तोङ्गदेमुन स्थित नेपाली एण्ड थाई रेष्टुरेन्टको सभाहलमा दक्षिण कोरियामा रहेको विभिन्न नेपाली संघ संस्थाहरुसंग माननिय युवा तथा खेलकुद मन्त्री श्रेष्ठसँग भेटवार्ता तथा संवाद कार्यक्रमको आयोजना गर्न लागेको प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाका प्रमुख डम्बर सुब्बाले अवगत गराएका छन्।

सोही कार्यक्रममा माननिय यूवा तथा खेलकुद मन्त्री श्रेष्ठले दक्षिण कोरियामा खेलकुदसंग सम्बन्धीत विभिन्न नेपाली संघ संस्था तगायत खेलाडीहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...