उत्तरी छुङ्छङ् प्रान्तको सुन्दर ठाउँमा सिन्धुपाल्चोक समाजले वनभोज कार्यक्रम गर्ने


सिन्धुपाल्चोक समाज दक्षिण कोरियाद्वारा आगामी जुन २९ र ३० तारिखमा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम गर्ने भएको छ । उत्तरी छुङ्छङ् प्रान्त(충청북도)को सुन्दर ठाउँ थान्याङ(단양) मा २ दिने कार्यक्रम गर्न लागेको समाजको अध्यक्ष राज लोप्चन तमाङले फोनिज कोरियालाई बताएका हुन् ।   

वनभोज कार्यक्रममा मनमोहक दृष्यावलोकन तथा स्थानीय कलाकारहरूको सांगितिक प्रस्तुतिसंगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन सकिने जनाएको छ । Sky Walk, Zip Line, Rafting, ATV Motor Bike Riding तथा Paragliding लगायतको आनन्द समेत लिन पाइने जनाएको छ । सहभागिताको लागि महिलालाई ८०,००० वन र पुरुषलाई १,००,००० वन शुलक तोकिएको छ ।  

साथै वनभोज स्थलसम्म पुग्नको लागि बसको व्यवस्था पनि रहेको छ । बस सउल बाट शनिबार साँझ ५ बजे र सुवन बाट साँझ ६:३० बजे प्रस्थान गर्ने छ । आफ्नो सवारीमा आउने थेगु बुसान लगायत अन्य क्षेत्रको सहभागिहरुलाई यातायात खर्च स्वरुप थोरै छुट गरिने जनाएको छ । 

”आपसी सहयोग सद्भाव र सदाचारको भावना आत्मीयता साथै भाइचाराको सम्बन्ध प्रगाढ होस् भन्ने उदेश्यका साथ यस् कार्यक्रमको आयोजना गरेको हो ।” अध्यक्ष तामाङले बताए ।  

“कार्यक्रमा उपस्थित हुन कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गर्द्छु ।” उनले अनुरोध गरे । 

 सम्पूर्ण तयारी पुरा भाईसकेकोले सहभागिहरु समयमा नै उपस्थित हुन समाजले अनुरोध गरेको छ ।  

“आपसी सहयोग, सद्भाव र सदाचार, सिन्धुपाल्चोकवासी मिलनको आधार” भन्ने  सामाजिक मैत्री नारा लिएर सन् २०१४ मा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको स्थापना भएको हो । आफ्नो स्थापनाकाल देखिनै समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...