कोरियाबाट काभ्रेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण


दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग” कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले फोनिज कोरियालाई बताएका हुन्।

यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । “संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो।” अध्यक्ष चौलागाईले बताए ।

 

संस्थाले शैक्षिक सामाग्री बितरणका लागि ३ वटै स्थानीय तहबाट छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए । प्रत्येक गाउँपालिकाबाट ३/३ वटाका दरले विद्यालय छनोट गरिएको थियो । छनोटमा परेका प्रत्येक विद्यालयबाट गरिब, जेहन्दार, अशक्त तथा अपांग विद्यार्थीहरु छानिएका थिए ।

जिल्लाभर शैक्षिक अभियानको रुपमा बिकट गाउँ सम्म पुगेर निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि सहयोग र सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस गरेको अध्यक्षले बताए ।  साथै अध्यक्ष चौलागाईले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सम्पुर्ण पदाधिकारीहरु, सल्लाकारहरु तथा नेपालमा ब्याबस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रम सफल बनाउन नेपालमा संस्थाका सल्लाहकार हरिकृषण श्रेष्ठ, ब्याबस्थापन साथै बितरणमा संस्थाका सस्थापक अध्यक्ष तथा सल्लाकार यम श्रेष्ठ, बरिस्ठ सल्लाहकार सानु लामा, सँस्थाका उपाध्यक्ष देबि माया चौलागाई, उपाध्यक्ष अजय लामा, केशबमान लामा, डि यन गौतम, प्रियतन श्रेष्ठ,धिरज लामा, नरेश योन्जन, रोजिना घ्लान, दिवाकर चौलागाई, सल्लाहकार रामकृष्ण आचार्य लगायतले विशेष भूमिका निभाएका थिए ।

दक्षिण कोरियामा सन २०११ मा स्थापना भएको यस संस्थाले स्थापना काल देखीनै काभ्रे जिलामा विभिन्न सामाजिक  कार्यहरु गदै आएको छ । कोरोना कालमा काभ्रे जिल्लाको १३ वटै स्थानीय निकायहरुमा अक्सिजन सिलिन्डर तथा पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पिपिई) लगायत सहयोग गरेको थियो । यस्तै गत वर्ष पनि जिल्लाको १३ स्थानीय तहका ३५ वटा बिध्यालयमा अध्ययनरत झण्डै ६ सय गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो ।

संस्थाको सिमित आन्तरिक श्रोत तथा बचत कोषको ब्याज बापत प्राप्त रकमबाट यस अभियान संचालन गरेको र यसलाई आगामि बर्षहरुमा पनि निरन्तरता दिने जनाएको छ ।

सहयोग हस्तानतरण गरिएको विद्यालयको नामावलीः

१.श्री जनउन्नति प्रा. बि. महाभारत,३

२.श्री भगवती प्राथमिक विद्यालय महाभारत ,२

३.जन संदेश प्राथमिक विद्यालय महाभारत ,१

४.श्री ज्ञानकुन्ज आधारभुत विद्यालय खानिखोला,६

५.श्री रक्तआधारभुत विद्यालय  खानिखोला ,७

६.श्री धार्तेज्योती मा.बि. खानिखोला , १

७.छत्रेपिपल प्रा. बि. रोशी, ९

८.ईन्द्रावती प्रा.बि. रोशी ,७

९.भिमेश्वर मा. बि. रोशी, ११

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...