राप्ती समाजद्वारा सुवनमा प्रदर्शित पुजार सार्कीको आयव्यय सार्वजनिक , ७६ लाख बढि मुनाफा
राप्ती समाज दक्षिण कोरियाले सुवनमा प्रदर्शन गरेको चलचित्र पुजार सार्कीको आयव्यय सार्वजनिक गरेको छ।आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक समाजले २ ओटा भव्य शो गरेको थियो।
चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएकोमा फिल्म खरिद, हल भाडा, पोष्टर प्रिन्ट लगायत अन्य आवश्यक सामाग्री र व्यवस्थापनमा २८ लाख ६० हजार वन खर्च भएको छ । उक्त शोबाट ७६ लाख ७६ हजार २ सय बत्तिस वन बचत गर्न सफल भएको आयोजकले जनाएको छ।
आयोजकले चलचित्र प्रदर्शनीमा महत्वपुर्ण साथ र सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेका छन भने बचत रकमवाट आपतकालिन राहतकोषमा सङकलन गरीएको पनि जानकारी गराएका छन्।