Advertisement
SKIP THIS

गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक


गायक, गीतकार तथा संगीतकार जिबन बोम्जन र गायिका सुसिता तामाङको नयाँ तामाङ सेलो ‘बुँईकले झ्यालैमा’ शनिवार Jivan Bomjan Tamang युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यस गीतमा गायक जिवनको शब्द, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको छ ।

यो म्युजिक भिडियोमा प्रतिक ङेसुर, स्वयम गायिका सुसिता तामाङ, रितिका तामाङ, जगत बहादुर तामाङ र लाक्पा दोर्जेको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

उक्त गीत लाक्पा दोर्जे लामाको नृत्य निर्देशन र प्रतिक ङेसुरको निर्देशनमा बनेको हो ।

त्रिलोक लामाको छायांकन रहेको भिडियोमा ड्रोन सेन्साई पेमा र अमृत चापागाईले सम्पादन गरेका  हुन् ।  उक्त गीतको मिक्स र मास्टरिङ दिपेश प्रधानले गरेका हुन् । गायक बोम्जन कै जन्म थलो ओखल्ढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं-९ मा पर्ने नेपाल कै दोस्रो पोकली झरना र आसपासको रमणिय दृश्य भिडियोमा देख्न सकिन्छ ।

नेपाली मौलिक गीत संगीतमा क्रियाशील गायक जिवनले धेरै गीतमा शब्द, स्वर र संगीत दिइ सकेका उनी मिठासपुर्ण सांगितीक कोसेली पस्किन सिपालु लोकप्रिय गायक हुन् । गीत संगीतबाट आर्जन गरेका ३ देखि ५ प्रतिशत बोम्जन संगीत शिक्षा कोषमा जम्मा गरी संगीतमा रूचि राख्ने आर्थिक अवस्था कमजोर भै संगीत कक्षा लिन नसकेका भाई बहिनीहरुलाई शुल्क उपलब्ध गरि सहयोग गर्दै आएको छ ।

त्यस्तैगरी ग्रामिण भेगका विध्यालयहरुमा अध्ययनरत विध्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्रीहरू समेत वितरण गर्दै आईरहेको छ । त्यसैले गायक बोम्जन समाज सेवामा पनि सकृया देखिन्छ । बोम्जन म्यूजिक इन्टिट्यूट एबम पुन्जना लेडिज टेलरिङ्ग एण्ड बुटिकका संचालक तथा मार्केटिङ म्यानेजर समेत रहेको बोम्जन ब्यापार ब्यबासयमा पनि उतिकै ब्यस्त छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...