चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत
सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत फेब्रुवरी १० तारिखका दिन सम्पन्न गरेको चोमोलोङ्मा सांगीतिक सौगात भाग ४ कार्यक्रमको आय व्यय विवरण सार्वजनिक गरेको छ। संस्थाले सविन राईको ब्याण्ड सहित सलनालमा आपतकालीन राहतकोष स्थापनार्थ बृहत कार्यक्रमको आयोजना गरेको थियो।
आयोजकको सूचना अनुसार कार्यक्रममा कुल आम्दानी ८ करोड ८६ लाख ६६ हजार ४ सय ३६ वन भएको छ भने ५ करोड ९८ लाख ९० हजार ६ सय वन खर्च भएको छ। यसैगरी संस्थाले २ करोड ८७ लाख ७५ हजार ८ सय ३६ वन वचत गर्न सफल भएको अध्यक्ष राजु राईले जानकारी दिएका छन्।
कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।