कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम, महत्वपूर्ण तीन काम गरेको उद्धघोष


जुन ३० आइतबारका दिन यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाले दोङ्देमुन स्थित नेपाली थाइको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो।

सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफू वचनको पक्का रहेको र आफूले कसैलाई पनि झुटो आश्वासन नदिने विस्वास दिलएका थिए। यो छोटो समयमा आफूले संकल्प गरेका ३ काम वार्षिक खेल तालिका प्रकाशन, अतिक्रमित स्काउटको जग्गा फिर्ता र खेलाडीलाई घोषणा गरिएको पुरस्कार निकाशा र एउटा काम अन्तर्राष्ट्रिय खेलमा सहभागि हुनेहरुको लागि आवाश गृहको काम बाँकी रहेको पनि बताएका थिए।

नेपालको खेलकुद क्षेत्रमा विभिन्न संघ मार्फत बेतिथि मौलाएको र खेलकुदलाई अस्तव्यस्त बनाएको प्रति इङ्कित गर्दै विगत लामो समयदेखि अल्झिरहेको समस्याहरुलाई समाधानको प्रयास गर्ने पनि बताएका थिए। नेपालमा स्पोर्ट टुरिजमको संभावना रहेको उल्लेख गर्दै विदेशी खेलाडीलाई आकर्षित गर्नेगरी जुम्लामा अल्ट्रा म्याराथन, दोलखाको सैलुङमा हाइ अल्टिट्युड तेक्वान्दो भवन, गल्फको लागि पूर्वाधार तयारी गर्ने कार्यहरु भइरएको अवगत गराएका थिए। यसैगरी प्रवास नेपाली सम्पर्क विभाग प्रमुख डम्बर सुब्बाले आफूहरुलाई पहिचान बिरोधिको आरोप लगाउनेहरुको खण्डन गर्दै सबैको आ आफ्नो पहिचान हुने र जुनसुकै पार्टीबाट पनि पहिचानको मुद्दालाई उजागर गर्न सकिने विचार व्यक्त गरेका थिए।

उपस्थितीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले कनिका छरेको जस्तो बजेट जताततै बाँड्नुभन्दा उपलब्धि मूलक दीर्घकालिन काम हुनुमा आफूले जोड दिने बताएका थिए। साथै टियु कृकेट मैदानमा डिजिटल स्कोर बोर्ड चाँडै राख्ने र फ्लड लाइटको काम पनि अगाडि बढ्ने जानकारी गराएका थिए। कार्यक्रममा विभिन्न राजनितिक दलका प्रवास भातृसंगठनका प्रतिनिधि, अन्य संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्र हितमा हुने आयोजनामा सदा साथ रहने प्रतिवद्धता गरेका थिए भने रास्वपाले बाटो नबिराओस भनि सचेत पनि गराएका थिए।

कार्यक्रममा मन्त्री श्रेष्ठको उपस्थितिमा कोरियाको व्यस्त समयलाई व्यवस्थापन गरि खेल क्षेत्रमा योगदान दिइरहेका संस्थाहरु फिटनेस नेपालका अन्जन थापा मगर, नेपाल फूटबल महासंघका अध्यक्ष कृष्ण गुरूङ (ब्रो तमु), गाेल्ड मेडालिष्ट (स्वर्ण पदक) विजेता अन्तराष्ट्रिय कराते खेलाडी जमान सिंह गुरूङ, नेपाल भलिबल संघ, नेपाली खेलाडी संघ लगायतलाई प्रशंशा पत्रद्वारा सम्मान गरिएको थियो।

प्रवास नेपाली सम्पर्क विभाग कोरियाका प्रमुख डम्बर सुब्बाको अध्यक्षता र माननिय मन्त्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उप प्रमुख कविराज लिम्बूले स्वागत मन्तब्य राखेका थिए भने सचिव हरी प्रसाद भण्डारीले कार्यक्रम संचालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...