कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात
अमिर याेन्जन । दक्षिण कोरियामा पहिलो पटक भएको नेपाली महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सेतो समूहले उपाधि जितेका छन् । सेतो टिमले हरियो टिमलाई ३–० गोलको अन्तरले जितेको हो।
याे सँगै काेरियामा महिला फुटबल प्रतियाेगिताको सुरूवात भएको छ । आइतबार कोरियाको ह्वासाङ–सी मा भएको सेतो टिमको पूजा क्षेत्रीले २ गोल र सबिता राईले १ गोल गरेको थियो ।
विजेता सेतो टिमले नगद २ लाख वन र ट्रफी प्राप्त गरे । उपविजेता हरियो टिमले नगद १ लाख वन प्राप्त गरे । प्रतियोगितामा सहभागी खेलाडीहरूले सहभागिताको प्रमाणपत्र पाएका छन् ।
विगतदेखि पुरुष फुटबल मात्रै भइरहेको खेल आजदेखि महिलाहरूको पनि खेल सुरुवात भएको नेपाल फुटबल महासङ्घ कोरियाका अध्यक्ष ब्रो तमुले बताए । उनले अगामी दिनमा खेलाडीहरूको खोजी र प्रोत्साहन स्वरूप प्रतियोगिताहरू आयोजना गर्दै जाने बताए । सुरुवाती चरणमै उत्साह रूपमा सहभागी भएको महिला खेलाडीहरूलाई धन्यवाद दिए ।
मैत्रीपूर्ण प्रतियोगीताकलाई नेपाल फुटबल महासङ्घ, दक्षिण कोरिया र नेपाल महिला फुटबल परिवार कोरियाले आयोजना गरेको हो ।